२४ घण्टामा कैलालीमा कोभिड संक्रमित ९ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

तस्विरः फाइल

धनगढी: कोरोना भाइरस संक्रमणका कारण कैलालीमा गएको २४ घण्टामा थप ९ जना संक्रमित बिरामीको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचारमा रहेका ९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

मृत्यु हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जना रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय पुरुष, ३ का ६१ वर्षीय पुरुष, ४ का ८१ वर्षीय पुरुष, ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका हन् ।

यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष, ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषले समेत कोभिडकै कारण ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभएको हो ।

 

 

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech