नेपालगन्ज वडा नं १ मा होम आइसोलेसनमै स्वास्थ्यकर्मीको टोली

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण भएर घरमै बसि स्वास्थ्य लाभ गरिरहेका नेपालगन्ज उपमहानगरपालिका-१ का स्थानियलाई होम आइसोलेसन सेवा सुरु गरिएको छ । चिकित्सकीय परामर्श सहित स्वास्थ्यकर्मीको टोलीले घरमै स्वास्थ्य लाभ गरिरहेका संक्रमित बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्न थालेका हुन् ।

शनिबार बिहान भेरी अस्पतालका फिजिसियन डा.पारश श्रेष्ठ, मेडिकल कलेजमा कार्यरत नर्सिङ अधिकृत सुमन गिरी लगायतको स्वास्थ्यकर्मीको टोलीले संक्रमित बिरामीहरुको घरघरमै पुगेर उनिहरुको अवस्था बुझेका हुन् । पहिलो दिन १२ घरमा पुगेर विरामीहरुको अवस्था बुझ्नुका साथै आवश्यक उपचार समेत गरिएको फिजिसियन डा.श्रेष्ठले बताउनुभयो ।

संक्रमित बिरामीहरुलाई औषधी दिएका छौ, विभिन्न कुराहरु सिकाएका छौ – ईमरजेन्सी पर्दा बोलाउन साथ जान्छौ स्वास्थ्य पेजसँग कुरा गर्दै होलस्टिक होम केयरका सन्चालक तथा मेडिकल कलेजका नर्सिङ अधिकृत सुमन गिरीले भन्नुभयो – अभियान करिब ५-६ दिनसम्म नै जारी रहन्छ ।

स्वास्थ्यकर्मीको टोलीले होम आइसोलेसनमा रहेकाहरुको अक्सिजन लेभल समेत मनिटर गरेको थियो। आज १ जना बिरामीको अक्सिजन लेभल ९१ मात्र देखियो, उहाँलाई आवश्यक औषधी दिएका छौं । बिरामीलाई आइसोलेसनमा पठाउन खोजिएको भएपनि घरमै बस्छु भन्नुभएको भएर घरमै केयरका लागि अनुरोध गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

केहि बिरामीहरुमा सामान्य लक्षणहरु छ, औषधी खानुपर्नेहरुले खानुभएको छैन श्रेष्ठले भन्नुभयो, यो कार्यक्रम एकदमै प्रभावकारी भयो । टोलीमा एक जना फिजिसियन, ५ जना नसिर्ङ स्टाफ र एकजना फिजियोथेरापीस्टको सहभागिता थियो ।

यसैबिच संक्रमित बिरामीहरुको उपचारका लागि यो अभियानको थालनी गरेको वडा.नं १ का अध्यक्ष प्रमोद रिजालले संक्रमित बिरामीहरुलाई स्वास्थ्य उपचार, परामर्शसँगै स्वास्थ्य सामाग्री – पल्स अक्सिमिटर,थर्ममिटर लगायत बितरण गरेको जानकारी दिनुभयो ।

चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरे लगायत अन्य परीक्षणको सिफारिस गरे वडा कार्यालयले निशुल्क उपलब्ध गराउने जनाएको छ । वडामा करिब डेढ सय संक्रमित छन् ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech