बाँकेमा २५ दिनमा ३६३० जनाले कोरोना जिते

    • समिरमान श्रेष्ठ

  • २५ बैशाख २०७८, शनिबार

नेपालगन्ज : बाँकेमा २५ दिनमा ३ हजार बढीले कोरोना भाइरस संक्रमण जितेका छन् । त्यसमा १४ महिनाको दुधे बालकदेखि १ सय ११ वर्षिया बृद्ध समेत रहनुभएको छ ।

बैशाख १ गतेदेखि २५ गतेसम्म ३ हजार ६ सय ३० जनाले भाइरस संक्रमण जितेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो पटक ४ सय ९ जनाले भाइरसलाई पराजित गरेसँगै संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार बढी पुगेको हो । समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

यो अवधिमा बाँकेमा संक्रमण दर पनि डर लाग्दोगरी बढेको तथ्यांकले देखाएको छ । २५ दिनमा जिल्लामा संक्रमितको संख्या ७ हजार ८ सय ४९ पुगेको छ । अहिलेपनि जिल्लामा सक्रिय संक्रमितको संख्यया ४ हजार २ सय ९९ रहेको छ ।

यस्तै २५ दिनको अवधिमा ११७ जनाले ज्यान गुमाएका छन् ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech