४४५ जना कोभिड संक्रमित थपिए, आजै ४०९ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा शनिबार थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका रहेका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

६२९ नमुना परीक्षण गर्दा ४४५ जना संक्रमित थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३०५ नमुना परीक्षण गर्दा २२२ जना, मेडिकल कलेजको प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ५९ जना र बागेश्वरी ल्याबमा २५१ नमुना परीक्षण गर्दा १६४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण मुक्त भएर बाँकेमा आज ४०९ जना डिस्चार्ज भएका छन् ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech