बाँकेमा शनिबार कोभिड संक्रमित ४०९ जना निको भए

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट निको भएर बाँकेमा दिन प्रतिदिन सयौं बिरामीहरु डिस्चार्ज हुन थालेका छन् । संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गएको बाँकेमा संक्रमण मुक्त हुनेहरुको संख्या पनि बढ्दै गएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबार पनि जिल्लामा ठूलो संख्यामा कोभिड संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

जिल्लाका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा रहेका १७८ महिला र २३१ जना पुरुष गरि ४०९ जना आज डिस्चार्ज हुनुभएको छ ।

संक्रमण नियन्त्रणमा नआउँदा जिल्ला अहिले लकडाउनमा छ । संक्रमण पुष्टि भएकाहरु अधिकांश होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

चिकित्सकहरुले घरमै स्वास्थ्य लाभ गरिरहेका संक्रमितहरुलाई विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । अक्सिजन लेभल पटक पटक जाच्न, सरसफाईमा ध्यान दिन, झोलिलो खानेकुरा खान उपचारमा संलग्न चिकित्सकहरुले आग्रह गर्नुभएको हो ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech