कोहलपुरमा चिकित्सकीय परामर्श सहित होम आइसोसन सेवा सुरु

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

तस्बिर:फाइल

कोहलपुर: कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका नगरबासीका लागि कोहलपुर नगरपालिकाले होम आइसोलेसन सेवा सुरु गरेको छ ।

संक्रमित बिरामीहरुलाई होम आइसोलेसनमा रहदा नि:शुल्क रुपमा आवश्यक चिकित्सकीय परामर्श र अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराईने कोहलपुर नगरपालिकाका उप प्रमुख सञ्जु कुमारी थारुले जानकारी दिनुभयो ।

होम आइसोलेसन सेवा लिन इच्छुक संक्रमितहरुले स्वास्थ्यकर्मीहरु हेल्थ असिस्टेन्ट सुधन बुढाथोकी ९८२४५१६५४३ , हेल्थ असिस्टेन्ट असिफ खान ९८४०१७२९१५ ,वा स्टाफ नर्स सुनिता थारु ९८६८२६३५६९ मा सम्पर्क गरी आफ्नो नाम, ठेगाना, वडा र टोल खुल्ने गरेर म्यासेज वा सिधै फोन गर्न सकिने उपप्रमुख थारुले बताउनुभएको छ ।

विवरण उपलब्ध भएपछि संक्रमित बिरामीहरुको उपचार र परामर्शका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत फिजिसियन डा.श्याम बि.क , डा.शिशिर रेग्मी, डा.प्रवेश पन्त, डा.देवेन्द्र आचार्य र डा.गोबिन्द प्रसाद थारु लगायतको प्रत्यक्ष उपस्थितिमा सेवा दिईने उहाँले बताउनुभएको छ ।

यसैबिच उपप्रमुख चौधरीले चिकित्सकिय परामर्श सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यका पदाधिकारीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

 

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech