उपमहानरपालिकाले नि:शुल्क गरिरहेको श्वाब संकलन कार्य केहिदिन रोकिने

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

धनगढी: धनगढी उप-महानरपालिकाले नगरबासीको पीसीआर परीक्षणका लागि गरिरहेको श्वाब संकलन कार्य केहिदिन रोकिने भएको छ ।

आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी उप-महानरपालिकाले नगरबासीको निःशुल्क स्वाब सङ्कलन गरिरहेको थियो । संकलित श्वाब परीक्षणका लागि उपमहानगरपालिकाले सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा दिने गरेको थियो ।

अस्पतालमै अहिले क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले केहिदिन स्वाब सङ्कलन रोकिदिन आग्रह गरेपछि उपमहानगरपालिकाले शनिबार, आइतबार र सोमबार तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिनुभएको छ ।

सेती प्रादेशिक अस्पतालमा भने परीक्षणका लागि श्वाब संकलन कार्य नियमित छ । कैलालीमा समेत केहि दिनयता कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या बढिरहेको छ ।

 

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech