चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

डब्ल्यूएचओबाट आपतकालीन प्रयोग अनुमति पाउने यो गैरपश्चिमी मुलुकको पहिलो खोप हो। चीनले भने यो खोप यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ।

अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशले सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन्।चिनियाँ कम्पनीको यो खोप प्रभावकारी देखिएकोले अनुमति प्रदान गरेको डब्ल्यूएचओले जनाएको छ।

चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए।तर शुक्रवार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको छ।

यो खोप १८ वर्षभन्दा माथिका लागि सिफारिस गरिएको छ। यसको दुई मात्रा लगाउनु पर्ने बिबिसीले जनाएको छ। यसअघि डब्ल्युएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिइसकेको छ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech