भारतमा संक्रमण नियन्त्रणमा आएन, दैनिक ४ लाख बढीमा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

तस्बिर:बिबिसी

काठमाडौं: कोभिड संक्रमण करिब नियन्त्रण बाहिर गएको भारतमा ४ लाख बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार गएको २४ घण्टामा ४ लाख १ हजार ३२६ कोभिडका नयाँ बिरामी थपिएका हुन् ।

योसँगै अब भारतमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या २ करोड १८ लाख नाघेको छ। कुल संक्रमित संख्याका आधारमा विश्वमा दोस्रो स्थानमा रहेको भारतमा गएको २४ घण्टामा ४ हजार १९४ कोभिड संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोभिडकै कारण भारतमा २ लाख ३८ हजार २६५ जनाले जयान गुमाइसकेका छन्। संक्रमण जितेर हालसम्म करिब १ करोड ८० लाख डिस्चार्ज भैसकेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँ ३७ लाख ३१ हजार २६१ बढी कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३४ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ४७ हजार संक्रमित थपिएका छन् भने ७५७ जनाको मृत्यु भएको छ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech