अस्पतालमा अक्सिजन अभाव छैन्ः भीम अस्पताल

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

बुटवलः भैरहवाको भीम अस्पतालले अस्पतालमा अक्सिजन अभाव नरहेको जनाएको छ ।

शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो ।

उक्त विज्ञप्ति प्रकाशित गर्नु अस्पतालको गैरजिम्मेवारीको पराकाष्ठा भन्दै चौतर्फी आलोचना भएपछि अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा शकुन्तला गुप्ताले शुक्रबार राति नै अर्को विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव नभएको जानकारी गराउनुभएको हो ।

डा गुप्ताले अस्पताल प्रशासनलाई जानकारी नदिई शुक्रबार दिउँसो प्रकाशित सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञप्तिमा कुनै सत्यता नरहेको उल्लेख गर्नभएको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech