राजश्व र यातायात कार्यालय बन्द

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७७, आईतवार

नेपालगन्ज ११, साउन ।
सेवाग्राहीहरुको अत्यधिक चाप हुने यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । आन्तरिक राजश्व कार्यालयका अधिकृतलाई कोरोना भाइरस पुष्टि भएको भोलिपल्टै आइतवार यातायातमा काम गर्ने २२ बर्षिया महिला कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाँकेका दुई वटा अतिव्यस्त रहने कार्यालयमा कोरोना भाइरस प्रवेश गरेपछि त्रास उत्पन्न भएको छ । सरकारले लकडाउन हटाएसँगै समुदायस्तरमा फैलिन सुरु गरेको कोरोना भाइरस चाप हुने सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुमा देखिन थालेको हो।कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालय बन्द गरिएको छ । ति कार्यालयका सबै कर्मचारीको नमूना संकलन गरिएको छ । कार्यालयका सबै कर्मचारी क्वरोन्टिनमा छन् ।

ती कार्यालयका कर्मचारीसँग बाहिर मानिसको पनि घुलमिल भएको देखिए पनि पहिचानमा निकै जटिलता रहेको छ ।कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका र घुलमिल भएकाहरुको पहिचान गरी सबैको पीसीआर जाँच गर्ने क्रम सुरु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र यात्रा विवरण समेत नभएका भएको श्रेष्ठले बताउनुभयो ।

  • ११ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech