कोरोना: नियन्त्रण र प्रभाव

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७७, शनिबार

डा.सुभाष पोखरेल,

बोल्दा निस्कने थुकको सूक्ष्म थोपाबाट सर्ने भएकाले एक सदस्यलाई कोरोना हुँदा परिवारका सबैलाई भाइरस लाग्नु अन्यथा हुँदैन। बिरामी अन्य जनको सम्पर्कमा पुग्दा भाइरसले आफ्नो प्रभाव बढाउँदै लान्छ। एक व्यक्तिबाट सुरु भएको जीवाणुले छोटो समयमै समुदाय, देश र सारा संसारलाई आफ्नो वसमा पार्छ। सन् २०१९ को अन्त्यतिर एउटा चिनिया नागरिकलाई संक्रमणगरी सुरु भएको कोभिड–१९ अहिले संसारकै सबैभन्दा गहिरो स्वास्थ्य समस्या बन्यो। जटिल स्वास्थ्य समस्याका रूपमा रहेका क्यान्सर, मधुमेह, उच्च रक्तचाप जस्ता रोग कोरोनासामु निरीह देखिए।

भाइरसको संक्रमण क्षमता र घातकताकालागि एउटा उदाहरण सान्दर्भिक होला। अमेरिकाको वासिंगटन राज्यको एउटा संगीत कार्यक्रममा कोरोना संक्रमित एकजना बिरामी अन्जानमा भाग लिन पुग्दा उक्त २ घण्टे समारोहमा उपस्थित६१ सहभागीमध्ये ५१ जनालाई भाइरसले समायो। त्यसमध्येका २ को मृत्यु भयो अनि ३ जना सिकिस्त भएर अस्पताल पुगे। अब, सामान्य अवस्थामा भाइरसको संक्रमण कस्तो हुन्छ त्यता हेरौँ ः

काठमाडौँको ब्यस्त असनमा एउटा रोगी हिँड्दा उसले सयौँ व्यक्तिलाई रोग सार्ने सम्भावना रहन्छ भने तुलनात्मकरूपमा जनघनत्व कम भएको जनकपुर बजारमा उक्त बिरामीले केही दर्जन मानिसलाई मात्र रोगी बनाउन सक्छ। त्यस्तै, पातलो बस्ती भएको पहाडी भेगमा एउटा रोगीको प्रभाव निकै झिनो देखिन्छ।

युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक ह्यु मन्टगोमरीले वर्तमान विश्व तथ्यांक विश्लेषण गरी निकालेको निचोडअनुसार एउटा मानिसलाई कोरोना लागेमा उक्त जीवाणु सजिलै थप ३ जनामा सर्ने गरेको देखियो। उक्त संक्रमित ३ जनाले थप ९ जनालाई बिरामी पार्ने र उक्त क्रम लगातार बढ्दै जान्छ। यसरी दशैँ चरणको संक्रमणमा पुग्दा एक रोगीबाट ६० हजार मानिस कोरोनाको सिकार भएको देखियो। केही महिनामै एक रोगीले लाखौँ मानिसलाई बिरामी पार्ने देखियो।

कोरोना अत्यधिक संक्रमणकारी र प्राणघातक रोग हो तर रोग लाग्नेबित्तिकै मरिन्छ भन्ने होइन।  

एक बिरामीले कति जना मानिसलाई रोगी पार्न सक्छ भन्ने कुराले उक्त भाइरसको प्रभावकारिता भन्छ। वैज्ञानिक भाषमा उक्त संख्यालाई ‘रेप्लिकेसन नम्बर’ अथवा ‘आर फ्याक्टर’ भनिन्छ। ‘आर फ्याक्टर’ अत्यधिक हुनु भनेको उक्त भाइरसको सर्ने सफ्तार धेरैछ भन्नेहो। उदाहरणका लागि दादुराको आर भ्यालु १५ छ भने कोभिड–१९को उक्त नम्बर ३ को हाराहारीमा देखियो। कोरोनाभन्दा दादुरा ५ गुणा अत्यधिक संक्रमणकारी देखियो। कुनै पनि भाइरसको ‘रेप्लिकेसन नम्बर’ १ भन्दा अधिक हुनु भनेको उक्त जीवाणुलाई समयमै नियन्त्रण गर्न नसके उक्त कीटाणुले संसारमा बिष्फोटक अवस्था सिर्जना गर्छ भन्ने हो।

कोरोनाको आर फ्याक्टर ३ को हाराहारीमा भए पनि सामाजिक दूरी, मास्क जस्ता सुरक्षा कबचले उक्त रेप्लिकेसन नम्बरलाई निकै कममा बनाउँछअनि भाइरसको पैmलने गति धीमा हुन्छ। तर यथार्थपरक भएर सोच्दा उल्लिखित नियन्त्रणलाई अनन्तसम्म लागु गर्न संभव हुँदैन। दैनिक परिश्रम गर्ने नागरिकले भोगेका पीडालाई नियाल्दा अत्यधिक महत्वका व्यापारलाई पूर्वावस्थामा फर्काउन आवश्यक हुन्छ।

अहिलेको तथ्यांक विश्लेषण गर्दा कोरोना भाइरस संक्रमितमध्ये झण्डै ८० प्रतिशत बिरामीमा रोगका सामान्य लक्षणमात्र देखिन्छ भने झण्डै १५ प्रतिशत रोगीले हस्पिटल जानुपर्ने अनि अर्को ५ प्रतिशत भने सघन उपचार कक्षमा पुगेको देखियो। आवधिक तथ्यांकले कोरोना लागेर मर्नेको संख्या ०.५ प्रतिशतभन्दापनि कम देखायो। कोरोना भाइरसको आणुवांशिक पदार्थ ‘आरएनए’ मा आधारित भएको र सन्तति वृद्धिका क्रममा ‘आरएनए’ ले आफ्नो स्वरूपलाई दुरुस्त राख्न नसक्ने भएकाले समयको बहाबसँगै भाइरसको चरित्र फेरिँदै जान्छ। आणुवांशिक पदार्थमा आउने परिवर्तनले जीवाणुलाई थप आक्रामक तथा न्यून प्रभावकारी दुवै दिशामा लान सक्ने हुन्छ।सौभाग्यवस हालैको आणुवांशिक स्वरूप निर्धारणका क्रममा वैज्ञानिकहरूले कोभिड–१९को ‘आरएनए’ मा धेरै परिवर्तन आएकोमात्र देखेनन् बरु विगतको तुलनामा कोरोना भाइरस कम संक्रमणकारी भएको अनि मृतकको संख्यासमेत निकै घटेको देखे। त्यसैले आउँदा दिनमा भाइरसको प्रभाव न्यून हुँदै गएर छिटै नै कोरोना नासिने भन्ने मतराख्न नसकिने होइन। तर आर फ्याक्टर ३ भन्दा अधिक भएकाले जनजीवन सामान्य अवस्थामा फर्किएकोएक वर्षभित्र नै संसारका आधाभन्दा बढी जनसंख्यालाई कोरोनाले संक्रमण गर्न सक्ने देखियो। अब संसारका आधा जनसंख्यालाई कोरोना लागेपछि विश्व स्वास्थ्यमा के असर पर्ला त्यता हेरौँ:

भाइरस लागेर सामान्य अवस्थामा फर्किएका मानिसको प्रतिरक्षा प्रणालीमा आएको परिमार्जनका कारण कोभिड–१९ले उनीहरूलाई दोस्रोपटक आक्रमण गर्न सक्दैन, उनीहरू त्यही भाइरसका रोगी हँुदैनन्। देशका ५० प्रतिशत जनसंख्यालाई भाइरस लागेको अवस्थामा नयाँरोगीको सम्पर्कमा पुगेका आधा मानिसले प्रतिरक्षात्मक क्षमता विकास गरिसकेका हुन्छन्, भाइरसको प्रभावकारिता घट्छ। अनि,क्वारेन्टाइन तथा मास्कको दरोकार पर्दैन।

कहिले रोगको भ्याक्सिन बन्ने अनि जीवाणु नियन्त्रणमा आउने त्यसको कुनै लेखा छैन। त्यसैले सम्बन्धित निकायले तमाम कुरालाई ध्यानमा राख्दै नीति÷नियम तर्जुमा गर्न आवश्यक देखियो।

समुदायका कति प्रतिशत जनसंख्यालाई रोग लागेपछि भाइरसको संक्रमण शृंखला शिथिलहुन्छ त्यसलाई प्राविधिक भाषामा ‘हर्ड इम्युनिटी’ भनिन्छ। भिन्न भिन्न आर फ्याक्टर भएको भाइरसकालागि ‘हर्ड इम्युनिटी’ समेत फरक फरक हुन्छ। जस्तो रेप्लिकेसन भ्यालु १५ भएको दादुराका लागि हर्ड इम्युनिटी ९४ प्रतिशत हो भने कोरोनाको हकमा उक्त प्रतिशत ५५ को हाराहारीमा देखियो। कोरा हिसाबमा भन्नुपर्दा ९४ प्रतिशत बच्चालाई दादुराको खोप नलगाएको भेगमा एउटा दादुराको रोगी देखिएको खण्डमा उक्त लक्षणले त्यहाँ महामारीको रूप लिनसक्छ भन्ने हो। हर्ड इम्युनिटीको सूत्रका आधारमा संसारबाट दादुरा उल्मूलन गर्न विश्व स्वास्थ्य संगठनले संसारका कम्तीमा ९४ प्रतिशत जनसंख्यालाई दादुराको खोप लगाउने संकल्प ग¥यो।

कोरोनाको खोप बनिनसकेको अवस्थामा भ्याक्सिनेसनमार्पmत ‘इम्युनिटी’ विकास गर्न नसकिने भएकाले कोभिड–१९का हकमा रोग नलागीप्रतिरक्षा संयन्त्र मजबुत गर्न सक्ने अवस्था रहेन। कम्तीमा दुई दर्जन भिन्न रासायनिक पदार्थ कोरोनाको संभाव्य खोप हुन सक्ने ठानियो अनि ती केमिकल परीक्षणको भिन्न चरणमा पुग्यो। सबै कुरा सोचेजस्तै भएको अवस्थामा कोरोनाको खोप सन् २०२१को पूर्वार्धमा अन्तर्राष्ट्रिय बजारमा आउने आकलनछ। हाम्रा जस्ता गरिब मुलुकमा खोप कहिले पुग्ला त्यो बेग्ले पाटो रह्यो। तरकोरोनाको वर्तमान संक्रमण रफ्तार विचार गर्दा सबै नेपालीले खोप लाउन पाउने दिनअघि नै ५५ प्रतिशतभन्दा अधिक नेपालीलाई कारोनाले संक्रमण गरिसकेको नहोला भन्न सकिन्न।

भाइरसको आक्रमणपछि हाम्रो प्रतिरक्षा प्रणाली क्रियाशील हुन्छन्अनि जीवाणुलाई निस्तेज गर्छन्। अनि हामी फेरि स्वस्थ हुन्छौँ। अब कोरोनाले कसैलाई किन खासै असर पार्दैन अनि कोही भने मृत्युवरण गर्न पुग्छन्त्यसका लागि शरीरको सामान्य ‘मेटाबोलिज्म’ हेरौँ।

भाइरसको संक्रमणपछि जीवाणुहरू शरीरका कोस (सेल) मा प्रवेश गर्छन्। हाम्रा संयन्त्रलाई ‘हाइज्याक’ गरेर भाइरसले आफ्नो संख्या वृद्धि गर्छ भने हामीलाई चाहिने ‘इन्जाइम, आरएनए, डिएनए’ जस्ता अत्यावश्यक पदार्थहरूउत्पादनमा कमी आउँछ।

मानवीय कोसको तुलनामा भाइरस धेरै साना हुन्छन्। घरका कोठालाई कोश मान्ने हो भने सलाइका बट्टा जत्रा हुन्छन् भाइरस। त्यसैले एउटा कोसमा लाखौँ भाइरसका पार्टिकल हुन्छन्। मुटु, फोक्सो, कलेजोलगायतका मानवीय तन्तुहरू लाखौँ कोसले बनेका हुन्छन्। मानौँ, फोक्सोका कोसमा अत्यधिक भाइरस भएको खण्डमा ती‘सेल’ ले राम्रो काम गर्न सक्दैनन्, शरीरमा अक्सिजनको कमी हुन्छ। कुनै रोगका कारण पहिलादेखिनै फोक्सोले पूर्णरूपले काम गर्न नसकेका बिरामीलाई कोरोना संक्रमण भए परिणाम के होला?

मधुमेह र उच्च रक्तचापका बिरामीलाई कोरोना संक्रमणले कसरी थल्याउँछ त्यता हेरौँ। उच्च रक्तचापका कारण रक्त धमिनीहरू जीर्ण भएका हुन्छन्। रुग्ण धमिनीका कारण मिर्गाैलाले पर्याप्त रगत पाउँदैन। त्यसमाथि, मधुमेहका कारण हुने ‘डाएबेटिक किड्नी डिजिज’ का कारणमिर्गाैलाथप शिथिल हुन्छ, राम्रो काम गर्न सक्दैन। मिर्गाैलाले राम्रो काम गर्न नसकेपछि रक्त प्रशोधनमा सम्झौता गर्नुपर्ने हुन्छ। त्यसमाथि कोभिड–१९को भाइरसले ‘रिनल सेल’ लाई प्रत्यक्ष असर पार्ने भएकाले मधुमेह र उच्च रक्तचापका कारण पहिलादेखिनै दायित्व निर्वाह गर्न अक्षम‘किड्नी’ थप मारमा पर्छ। मिर्गाैलाले शरीरका विषाक्त पदार्थ हटाउन असफल भएपछि त्यसको असर सबै अंगमा पर्छ अनि ‘मल्टिपल अर्गेन फेलियर’ का कारण बिरामी मर्छ।

क्यान्सर, एड्स तथा अन्य ‘इम्युन’ प्रणालीमा सम्झौता गर्नुपर्ने बिरामीका हकमा पहिलेदेखि नै प्रतिरक्षात्मक कोसहरूको उत्पादन कम हुन्छ। त्यस्ता बिरामीलाई कोभिड–१९का भाइरसले सताएको खण्डमा शरीर दोहोरो मारको सिकार बन्न पुग्छ।भाइरससँग लड्न सक्ने स्वेत रक्त कोस उत्पादन गर्न शरीर असमर्थ हुन्छ। जीवाणुसँग लड्ने सिपाहीरूपी ‘इम्युन सेल’ उत्पादन गर्न शरीर विफल भएपछि भाइरसको एकछत्र रजाइँ हुन्छ अनि मानिस मर्छ।

कोरोना अत्यधिक संक्रमणकारी र प्राणघातक रोग हो तर रोग लाग्नेबित्तिकै मरिन्छ भन्ने होइन। सामान्य स्वास्थ अवस्था रहेका मानिसमा यो जीवाणुको प्रभाव नगन्य देखियो। पहिलादेखिनै अन्य रोगको सिकार भएका बिरामीकालागि भने यो रोग घातक देखियो। कहिले रोगको भ्याक्सिन बन्ने अनि जीवाणु नियन्त्रणमा आउने त्यसको कुनै लेखा छैन। त्यसैले सम्बन्धित निकायले तमाम कुरालाई ध्यानमा राख्दै नीति÷नियम तर्जुमा गर्न आवश्यक देखियो।

प्रकाशित: ३० असार २०७७ १०:५७ मंगलबार

  • १० श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech