कोरोना अपडेटः आज १०९ थपिए

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७७, शनिबार

काठमाडौं १०, साउन ।
नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना भाइरस संक्रमितको कुल संख्या १८ हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, नवलपरासी पूर्वका ४, काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै अछामका ३, बाराका ३, मकवानपुरका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५ तनहुँका १, कालिकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, सुर्खेतका ११, मुगुका २, डडेलधुराका ४, डोटीका १३ र बैतडीका ३ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या १३ हजार ५३ पुगेको छ।

  • १० श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech