‘समुदायमा देखिन थाल्यो कोरोना संक्रमण’

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७७, शुक्रबार

डा वासुदेव पाण्डे,

नेपालमा हालसम्म १६ हजार ८ सय १ जनालाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये शुन्य दशमलव ३ प्रतिशतमा केहि लक्षण देखिएको छ ।
लक्षण देखिएका मध्ये पनि खोकी, ज्वरो तथा साधारण लक्षणदेखा परेका छन्। गम्भीर खालका बिरामीहरु हालसम्म नेपालमा रहेका छैइनन।

आजको दिनसम्म हेर्दा कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ। जुन कुल संक्रमित मध्ये ०.२१ प्रतिशत हो। जसमध्ये पनि २४ जनालाइै केहि नकेहि खालको दीर्धरोग रहेको छ।
जस्तैः दम, क्यानसर, मृगौलाको रोग, कलेजो संक्रमित र रक्सी सेवन गर्ने ब्यक्ती वा अन्य दिघरोगी रहेका छन्। खासगरेर ५० वर्ष भन्दा माथी उमेर समुहका ब्यक्ती हरु रहेका छन।

हाल मुलुकमा संक्रमित संख्या कम हुँदै गएको छ। आजको दिनमा हेर्दा ८२ जना संक्रमितहरु रहेका छन्। क्वारेन्टाइनमा बसेका मानिसहरु चेकजाँचमा ८० प्रतिशत पुरुष संक्रमित भएको तथ्यांक छ। प्रदेशगत रुपमा हेर्दा वागमती प्रदेशमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ।

यि स्थानबाट ३ हजारभन्दा बढी नुमना संकलन गरेका छौ। जसभध्ये ३ जना मानिसमा संक्रमण भएको भेटिएको छ।अहिलेको चिन्ताको विषय बाहिरको जिल्लाहरुमा संक्रमण न्युन भएपनि काठमाडौं उपत्यकाका ३ जिल्लामा संक्रमण बढ्दै गएको छ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ३४७ जनामा संक्रमण देखिएको छ। जसमा हेर्दा बाहिरबाट आएका संक्रमित धेरै छन्। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै आएका छन । केहि ब्यक्तिहरु जो कहि यात्रा गरेका छैनन उनिहरु पनि संक्रमित भएको अवस्था छ ।

हामीले किन यस्तो अवस्था आयो भनेर समुदायमा स्तरमा विभिन्न १२ स्थलमा स्याम्पल संकलन गरेर परीक्षण गरेका छौं।
नख्खुटोल , कोटेश्वर , भक्तपुर बोडे, सहित गंगालाल आस्पताल, काठमाडौ माहानगरपालिका, शंखमुल, बुढानिकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिल्लिबजार,कागश्वेरी, मनोहरा लगायतका स्थलमा नुमना संकलन गरिएको थियो।

यि स्थानबाट ३ हजारभन्दा बढी नुमना संकलन गरेका छौ। जसभध्ये ३ जना मानिसमा संक्रमण भएको भेटिएको छ।
सुमदायमा भेटिएका ३ जना व्यक्तिहरुको ट्रावल नगरेको अवस्था छ। यी व्यक्तिहरु कहाँबाट संक्रमित भए भन्ने विषयलाई लिएर हामीले अन्य कन्ट्रायक ट्रेसिङको कामहरु अघि बढाएका छौँ।

यसरी हेर्दा देशव्यापी रुपमा ६ देखि ७ प्रतिशतमा संक्रमण भएको देखिन्छ । अहिले काठमाडौं उपत्यकाको लिएको १२ ठाउँको नुमनालाई परीक्षण गर्दा ०.१८ प्रतिशतमा संत्रमण देखिन्छ। यो हिसाबले हामीले के बुझ्न पर्यो भने समुदायमा केहि छिटफुट्ट संक्रमण रहेका छन्।

परीक्षणकाे तयारी

तर, यसलाई व्यापक रुपमा समुदायमा गएर नमुना लिनुपर्ने हुन्छ। परीक्षणको दायारामा ल्याएर हामी सुरक्षित छौ, कि छइनौ भनेर हेर्नु पर्दछ।

यसको लागि हामीले दोस्रो चरणमा असारको २५ गतेबाट देशभर ४५ हजार स्यापल लिने र यसमध्ये काठमाडौंमा ५ हजार स्यापल लिन लागेका हौँ।
काठमाडौंमा रहेका बैंक,मालपोत कार्यलय, कर कार्यलय रहेका मानिस तथा स्वास्थ्यकर्मीको नमुना लिएर परीक्षण गरिरहेका छौ।

जसमध्येमा ५ सय ५ जनामा कुनै संक्रमण पुष्टि भएको छैन। नुमना संकलन कम भयो र त्यही अनुसार संक्रमण पनि घट्यो भन्ने सुन्नमा आएको छ। हामीले एउटा कस्ता व्यक्तिको परीक्षण गर्न भन्नी निर्देशिका तयार पारेका छौ।

पहिला चरणमा धेरै व्यक्तिहरु क्वारेन्टाइनमा रहेका थिए। त्यहीबाट नुमना संकलन गर्ने कार्य गरेका थियौँ। हाल क्वारेन्टाइनमा २४ हजारको हाराहारीमा मानिस रहेका छन्।
उहाँहरुको स्यापल लिनुपर्ने साधारणतया ५ देखि १० दिन नपुगेको व्यक्ति भएर नसकेको अवस्था हो। परीक्षणको दायारा बढाउनको लागि रेक्यु फाइटबाट आउने सबै व्यक्तिहरुलाई होल्टिङ सेन्टरमा वा क्वारेन्टाइनमा बसेका ५ देखि १० दिनभित्रको सम्पूर्णको पिसिआर परीक्षण गछौं र सुरक्षीत भएको अवस्थामा घर पठाउँछौ।

त्यस्तै, सिमाना नाकाबाट आउनको लागि तुरुन्तै परीक्षण गर्ने व्यवस्था गछौं। किनभने उहाँहरु धेरै दिनको यात्रा गरेर आउनु भएको हुन्छ। साधारणतया तीनभित्रमा कुनै पनि व्यक्तिको सम्पर्कमा आएको भाइरस निस्कन्छ भने ५ दिनभित्रमा धेरै भाइरस आउँछ।

५ देखि १० दिनभित्रमा स्यापल लिने गछौँ। भारतको विभिन्न ठाउँबाट आउने भएको हुनाले ५ दिन पुगेको अवस्थामा स्यापल लिएर परीक्षण गछौँ।
त्यस्तै, नेपालका अति जोखिम १० वटा जिल्ला रहेका छन्। जहाँ धेरै संक्रमित रहेका त्यो क्षेत्रबाट पनि स्यापल संकलन गर्न लागेका छौ।

परीक्षण मात्र गरेर कोरोना नियन्त्रण असम्भव छ। सामाजिक दुरी कायम गर्ने, बारम्बार हात धुने तथा माक्स लगाउने लगायतका सावधानि अपाइरहनु पर्छ ।

सेवा डेलिभरको प्लाइन्टबाट पनि स्याम्पल लिन्छौ। काठमाडौं उपत्यकामा ५ हजार पुर्याउँछौ। यसभन्दा बाहेक देशभरबाट ४५ हजारको स्यापल लिन जुटेका छौ।

यसबाट हामीले दायारा पनि बढाउँछ र समुदायमा छ कि छैन भन्नेमा निर्कषमा पुग्न सकिन्छ।
यसबाहेक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इलासा विधिबाट परीक्षण गर्न लागेका छौ। सातै प्रदेशबाट नुमना संकलन गरी समस्या कति छन् पत्ता लगाउन खोजेका छौ। हिमाल, पहाड र तराईबाट स्यापल लिन्छौ।

सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी २१ हजार स्यापल लिएर निकट भविष्यमा यसको सर्वे पनि गर्छौ। संक्रमितको संख्या तीब्र रुपमा घटेको छ। पुर्ण रुपमा संक्रमित घटेको हो कि होइन भन्ने अवस्थामा परीक्षणको दायारा बढाउनु पर्छ।

यसबाट हामी निश्चित हुन्छौ, नेपालमा कोभिड १९ को समस्या समुदायमा छ कि छैन? धनावस्ती तथा काठमाडौं लगायत ठुला शहर अझै विशेष कार्यक्रम अगाडी बढाएर लैजान्छौ।

परीक्षण मात्र गरेर कोरोना नियन्त्रण असम्भव छ। सामाजिक दुरी कायम गर्ने, बारम्बार हात धुने तथा माक्स लगाउने लगायतका सावधानि अपाइरहनु पर्छ । संक्रमित केस घट्दैमा हामी सुरक्षित छौ भन्ने हिसाबमा नगइकन परीक्षणको दायारा बढाउनुका साथ–साथै सावधानिलाई पुर्ण रुपमा पालना गर्नुपर्दछ।

महामारीकाे माैसम

कोभिड १९को साथ–साथै देशका विभिन्न ठाउँमा बाढी–पहिरो, डुबानबाट धेरै क्षति भइरहेको छ। अबको हप्तादिनमा झाडापखला, टाइफाइट, हेपटाइटिस जस्ता रोग हुन सक्ने भएको हुँदा त्यहि अनुसार सर्तकता अपनाउनु पर्ने देखिन्छ।

अबको दुई हप्तापछि लामखुट्टेको वृद्दि भएर डेंगी, स्कवटाइफस लगायतका अन्य विभिन्न समस्या हुन सक्छ। विभिन्न समस्याबाट जोगिनको लागि सफा पानी पिउने, हात धुने, सामाजिक दुरी कायम गर्न, माक्सको प्रयोग गर्नुपर्दछ।

खानपान र सरसफाईमा विशेष ध्यान दिइ कोभिड १९ तथा अन्य महामारीबाट जोगाउनको लागि स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखा, प्रदेश सरकार र स्थानीय सरकारले काम गरिरहेका छन्। व्यक्तिगत स्तरबाट सबै नागरिकले पुर्ण जिम्मेवारी लिनुपर्दछ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक पाण्डेले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीका आधारमा यो सामग्री तयार गरिएको हो।)

  • ९ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech