कोरोना अपडेटः थप एकको मृत्यु, आज १४७ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

तस्विरः फाइल

काठमाडौं ०८, साउन ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार स्वास प्रश्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनको बुधबार मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech