स्रोत नखुलेको १६ लाख सहित भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल अख्तियारको फन्दामा

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

नेपालगन्ज ०८, साउन ।
भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुणराज खनाल अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुस्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार, अपरेटर खनाल स्रोत नखुलेको नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ सहित पक्राउ परेका हुन् ।

उक्त रकम खनालले विभिन्न पाटीबाट कमिशन वाफत लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको गैरेले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उनी कार्यकक्षबाटै पक्राउ परेको गैरेले बताउनुभयो । खनालले विभिन्न फर्म र पसलबाट कमिसनबापतको नगद र चेक लिएको सूचनाको आधारमा खानतलासी गर्दा उक्त रकम भेटिएको अख्तियारको दावी छ।कम्प्युटर अपरेटर खनाल विगत लामो समयदेखि स्टोर सम्हाल्दै आएका ब्यक्ति भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

केही दिनअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै भेरी अस्पतालका विरुद्ध केही दिन अघि अख्तियारमा उजुरी समेत दर्ता भएको थियो । त्यसलगत्तै अख्तियारले भेरीका कागजात झिकाएर अस्पतालसँग स्पष्टिकरण मागेको थियो । उक्त कागजपत्रमाथि विशेष छानविन भइरहेको अख्तियारले जनाएको छ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech