दैलेखमा कोरोना भाइरस समुदायस्तरमा पुग्यो

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७७, बुधबार

दैलेख ०७, साउन ।
दैलेखमा कोरोना भाइरस समुदायस्तरमा फैलिएको पुष्टि भएको छ । समुदायस्तरमा परीक्षण सुरु भएसँगै प्रारम्भिक रिपोर्टमा स्थानीयमा संक्रमणका केसहरु भेटिएका छन् ।

ठाँटीकाँध गाउँपालिकामा ७३ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । गुराँस गाउँपालिकामा समुदायबाट संकलन गरिएको ७० जनाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।
ट्राभल हिस्ट्री नभएहरुको स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलो पटक समुदायस्तरमै परीक्षण सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘ प्रदेशमै पहिलो पटक हामीले समुदायस्तरमा परीक्षण थालेका छौं,’ फोकल पर्सन रेग्मीले भन्नुभयो, ‘हामीले प्रत्येक पालिकाबाट ७० ८० जनाको स्वाब संकलन गर्छौं, जसमा ट्राभल हिस्ट्री नभएहरु हुनेछन् ।’

यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका तर क्वारेन्टिन व्यवस्थापनमा संलगन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण भेटिएको थियो । यस्ता संक्रमितको संख्या ६२ छ । अहिलेसम्म जिल्लामा दुईजना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, आठजना शिक्षक कर्मचारी र चार जना सञ्चारकर्मी संक्रमित भएका हुन् ।

  • ७ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech