कोरोना अपडेटः संक्रमित १८ हजार ९४, मृत्यु ४२

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७७, बुधबार

काठमाडौं ०७, साउन ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको हो ।

पोखरामा काम गर्दै आएकी एक ४९ वर्षिया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनको बुधबार निधन भएको हो। यस्तै बुधबार नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ।

प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा २०७ जना कोरोन संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो । । यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ।

  • ७ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech