कोरोनाबाट थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ श्रावण २०७७, बुधबार

काठमाडौं ०७, साउन ।
कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । चार दिनअघि ज्वरो र खोकी लागेर भर्ना भएका एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। प्रतिष्ठानको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनभयो।

आइसियुमा राखेर उपचार गरिँदै भइरहेकोमा उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो।

आइसोलेसनको आइसियु कक्षमा उपचार भइरहेकोमा मंगलबार साँझ उनको मृत्यु भएको सापकोटाले बताउनुभयो। उनी मिर्गौला रोगी रहेको बताइएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अब ४१ जना पुगेको छ।

  • ७ श्रावण २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech