थप १५० जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७७, मंगलवार

काठमाडौं ०६, साउन ।
पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा मंगलवार १५० संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा मात्र ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ । हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८–८ जना, चितवन र मकवानपुरमा ५–५ जना तथा कैलाली, बझाङ र डोटीमा ४–४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २–२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

  • ६ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech