भेरीमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७७, मंगलवार

तस्विर : फाइल

नेपालगन्ज ०६, साउन ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा मंगलवार थप ६ जना कोरोना पोजेटिभ देखिएको छ । बाँकेका ३ र दाङका ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ९३ पुगेको छ । हालसम्म ३ सय ६८ जना निको भएर घर फर्किएका छन् । २ जनाको भने मृत्यु भएको छ ।त्यस्तै भेरीमै गरिएको परिक्षणमा दाङका ३ जनामा कोरोना देखिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ का २ जना पुरुष र वडा नम्बर ८ का एक जना पुरुषमा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

  • ६ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech