नेपालमा कोभिड—१९ संक्रमणको वास्तविकता

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७७, मंगलवार

वीरबहादुर रावल, 
एक जना गरिब मानिस दिनभरि सेठकोमा काम गर्ने र साँझ घरमा रोटी पकाएर खाने दैनिकी थियो । हरेक दिन उसले पकाएको चार रोटीमध्ये एउटा सधैं मुसाले चोरेर लैजान्थ्यो । एकदिन त्यो मुसालाई मानिसले समातेर सोध्यो, ‘तिमी किन मेरो रोटी चोरेर खान्छौ रु’ त्यो मुसाले भन्यो, ‘यसको जवाफ भगवान् बुद्धसँग ‘सोध्नु पर्छ’। जवाफ सुनेर मानिस अचम्ममा पर्‍यो । उसले भगवानसँग यसको जवाफ सोध्ने भन्दै मुसालाई छोडिदियो ।

त्यो मानिसले सबै घटनाक्रम सुनाएर बुद्धसँग भेट्न जानको लागि सेठसँग अनुमति माग्यो । सेठले उसलाई बुद्धसँग भेट्न जाने अनुमति त दियो तर एउटा शर्तमा । सेठको शर्त थियो २० वर्षसम्म बोल्न नसक्ने अवस्थामा रहेकी उसकी छोरीले बोल्न नसक्नुको कारणबारे बुद्धसँग सोध्नुपर्ने ।

सेठको अनुमतिपछि पहाडको बाटो बुद्ध भेट्न निस्किए ती गरिब मानिस । बुद्ध खोज्दै पहाडको बाटो हिँड्नुपर्ने थियो । पहाडको बाटो ओरालो लाग्न उनलाई समस्या भइरहेको थियो । त्यही बेलामा उसको भेट एउटा जादुगरसँग भयो । जादुगरले त्यो मान्छेको समस्याका बारेमा सोध्यो ।

ती मानिसको सबै कुरा सुनेपछि जादुगरले आफूले उसलाई सहयोग गर्ने सुनायो तर एउटा शर्तमा । शर्त थियो लामो समयसम्म पहाडमा तपस्या गरेर बस्दा पनि उनी स्वर्ग जान सकेका थिएनन् । उनले त्यसको कारण बुद्धसँग सोध्ने शर्तमा त्यो मानिसलाई पहाडबाट ओराली दियो ।

त्यो मानिस फेदीबाट फेरि आफ्नो बाटो लाग्यो । बाटामा एउटा ठूलो नदी आयो । नदी पार गर्न त्यो मानिसलाई हम्मे परिरहेको थियो । एकछिन पछि त्यो मानिसलाई नदीमा भएको एउटा ठूलो कछुवाले समस्याबारे सोध्यो । त्यो मानिसले कछुवालाई आफ्नो सबै कथा सुनाएपछि कछुवाले पनि उसलाई एउटा शर्तमा नदी तारिदिने वचन दियो । लामो समयसम्म नदीमा बसिरहेको कछुवालाई ड्रागन बन्ने सोच पलाएको थियो । तर, जति प्रयास गर्दा पनि ऊ ड्राइगन बन्न सकेको थिएन । कसरी ड्राइगन बन्ने होला रु त्यसबारे बुद्धसँग सोधिदिनुपर्ने उनको शर्त थियो । सोही शर्तमा कछुवाले त्यो मानिसलाई नदी तारिदियो ।

अन्तमा ३० दिनको कठिन यात्रा पूरा गर्दै त्यो मानिस भगवान बुद्ध कहाँ पुग्यो । त्यहाँ पुग्दा ऊसामु चारवटा सोध्नुपर्ने प्रश्न भइसकेको थियो । तर भगवानलाई सोध्न पाउने प्रश्न केवल तीनवटा मात्रै थियो । त्यो नियमले ३० दिनको यात्रा गरेर आएको त्यो मान्छेलाई अलमल्ल पार्‍यो । अब कसको प्रश्न नसोध्ने उसले मनमनै विचार गर्दै सबै प्रश्नको बारेमा सोच्दै गयो, कसको प्रश्न हटाउने सबैका प्रश्न उसलाई उत्तिकै महत्वपूर्ण लाग्न थाल्यो । ३० दिनको यात्रा गरेर आएको आफ्नो प्रश्न पनि छाड्नु भएन, त्यो सेठको प्रश्न पनि महत्वपूर्ण छ, त्यो जादुगरको प्रश्न पनि नसोध्नै पर्ने थियो भने कछुवाको प्रश्न झन् धेरै महत्वको छ । सोच्दै जाँदा त्यो मानिसले आफ्नो प्रश्न नसोध्ने निर्णय गर्‍यो । तीन जनाको प्रश्नको जवाफ भगवान बुद्धले भनिदिनु भयो र त्यो मानिस निकै खुसीहुँदै घरतिर आयो । बाटोमा कछुवाले आफ्नो प्रश्नको जवाफ माग्दा त्यो मानिसले कछुवाको शरीरको माथिल्लो भाग हटाउन सुझाव दियो । सोही सुझाव अनुसार कछुवा ड्रागन बन्यो । उसको शरीरको माथिल्लो भाग हटाउँदा आएको हीरा कछुवाले त्यो मानिसलाई दियो । त्यो मानिसले त्यति धेरै हीरा पाएपछि खुसी हुँदै त्यहाँबाट अघि बढ्यो । फेरि ऊ जादुगरको नजिक पुग्यो जादुगरलाई भन्यो आफ्नो जादुको छडी छोडेपछि तिमी स्वर्ग जान सक्छौ । त्यो जादुगरले आफ्नो छडि छोड्यो र उस्को स्वर्ग जाने बाटो खुल्यो । जादुगर खुसी भएर त्यो मानिसलाई आफ्नो सबै शक्ति दियो । त्यसपछि त्यो मानिस निकै शक्तिशाली भयो । जब ऊ सेठको घरमा पुग्यो । सेठको छोरीको आवाज पनि विवाहपछि खुल्छ भन्ने सुझाव दिएपछि सेठ खुसी भएर त्यही केटासँग आफ्नी छोरीको विवाह गरिदियो । विवाहपछि उसकी छोरी बोल्ने भई यसरी त्यो मानिसले आफ्नो प्रश्न छोडेर अरूको प्रश्न भगवानलाई सोधेकाले उसलाई फाइदैफाइदा भयो । अतः हामीले पनि आफूभन्दा अरूको समस्यालाई ध्यानदिएर अरूको सहयोग गर्ने हो भने भगवानले हाम्रो समस्या आफैँ पूरा गरिदिने छन् ।

यो त एउटा कथा मात्र हो । यस कथाका बारेमा सबैलाई थाह छ । यो कुनै नयाँ र फरक कथा पनि होइन । वास्तवमा मैले यससँग नेपालमा कोभिड १९ को संक्रमणलाई जोड्न चाहेको छु । संसारका अन्य देशमा कोभिडको संक्रमण तीव्र गतिमा फैलिरहँदा नेपालमा २०७६ चैत्रको अन्तसम्म खासै केही असर गरेको थिएन । तर हाम्रो छिमेकी देश भारतबाट नेपाल आउन खोज्ने नेपालीलाई महिनौ भारतको बोर्डरमा बस्न बाध्य बनाइयो । त्यसपछि बल्ल नेपाल भित्र्याइयो । लाखौं नेपाली देशभित्रिने प्रतीक्षामा रहँदा सम्बन्धित निकायले जसरी व्यवस्थापन गर्नुपर्ने थियो । त्यसमा भएको व्यवस्थापनको कमीले क्वारेन्टिन केन्द्र नै संक्रमण स्थल हुन गएर आज २०७७ असार १३ गतेसम्म देशमा १२३०९ जना संक्रमित र २८ जनाको मृत्यु भइसकेको अवस्था छ । यदि क्वारेन्टिन केन्द्रको व्यवस्थापन गर्ने जिम्मेवारी पाउने निकायले जनताको समस्यालाई मध्यनजर गरेर उपयुक्त सुविधा सम्पन्न क्वारेन्टिन केन्द्र बनाएको भए आजको मितिसम्म देशमा सक्रिय संक्रमण शून्यमा आइसकेको हुन्थ्यो । तर आफ्नो स्वार्थमा अल्झिएका व्यवस्थापकले क्वारेन्टिन केन्द्रलाई अव्यवस्थित बनाएको हुँदा देशमा संक्रमणको अवस्था विश्वका संक्रमित भएको ५० देशभित्र पर्न बाध्य भएको छ । देशमा संक्रमित नहुँदा सामाजिक सञ्जालमा देखिएका क्वारेन्टिन केन्द्रहरू, जब संक्रमितहरू देशमा आए ती केन्द्रहरू कता हराए रु के क्वारेन्टिनमा अरू जनताहरू बस्छन भनेर व्यवस्थापकले वास्ता नगरेका हुन र रु किन क्वारेन्टिनबाट मानिसहरू भागेर जान बाध्य भए रु किन क्वारेन्टिनभित्र आत्महत्या गर्न बाध्य भए रु यस्ता धेरै प्रश्नहरूको जवाफ कसले दिने रु धनुषा हंसपुर ७ का १६ वर्षीय राजु सदाले सामान्य उपचार पनि नपाएर मृत्यु भएको जिम्मेवारी कसले लिने रु वास्तवमा क्वारेन्टिनको सही व्यवस्थापन हुन नसक्नु नै नेपालमा कोभिड १९ को संक्रमण व्यापक हुनुको वास्तविकता हो ।

अब यस्तै अवस्था रहने हो भने संसारमा हालसम्मको कोभिड १९ को अवस्था अनुसार नेपालमा ३८१३० जना संक्रमित हुन सक्छन र १९२० जनाको मृत्यु हुन सक्छ । जसअनुसार प्रदेश एकमा ६३३५ जना संक्रमित र ३२० जनाको मृत्यु हुन सक्छ । प्रदेश २ मा ७८८० जना संक्रमित र ३९६ जनाको मृत्यु हुन सक्छ । वाग्मती प्रदेशमा ८१३४ जना संक्रमित र ४१० जनाको मृत्यु हुन सक्छ । गण्डकी प्रदेशमा ३१७८ जना संक्रमित र १७० जनाको मृत्यु हुन सक्छ । प्रदेश ५ मा ६४८२ जना संक्रमित र ३२६ जना संक्रमित हुन सक्छ । कर्णाली प्रदेशमा २२८८ जना संक्रमित र ११५ जनाको मृत्यु हुन सक्छ र सुदूरपश्चिम प्रदेशमा ३८३३ जना संक्रमित र १९२ जनाको मृत्यु हुन सक्छ ।

अतस् देशमा नयाँ कोभिड १९ संक्रमण र मृत्यु कम गर्न सम्बन्धित निकायले व्यवस्थित क्वारेन्टिन केन्द्र, आइसोलेसन र गुणस्तरीय उपचारसहित तपसिलअनुसारका ५ वटा बुँदाहरूमा ध्यानदिन अत्यावश्यक छ ।

· आवश्यकता अनुसार, बिरामी र जेष्ठ नागरिकहरूका लागि आश्रय स्थल बनाउने

· सहरमा बढी रहेको जनघनत्व कम गर्ने प्रयास गर्ने

· सामाजिक दुरी कायम गर्न लगाउने साथै दुरी कायम नभएमा प्रहरीको सहयोग लिने

· हाल देशमा रहेका औषधि कम्पनीमा लगानी बढाई चिकित्सा उपकरण बनाउन लगाउने

· ठाउँ ठाउँमा हातधुने स्टेसन बनाउन लगाउने र मास्कको सही र सधैं प्रयोग गर्न लगाउने यस्तो, अवस्था बनाउन सके, कथाको मानिसले अरूका लागि भगवानसँग सहयोग माग्दा, अन्तमा त्यही मानिसलाई फाइदा भएझैं सम्बन्धित निकायलाई नै फाइदा हुने पक्का छ, यो वास्तविकता हो । कोभिड १९ को समस्या न्यूनीकरण गर्न सम्बन्धित निकायले आजबाटै सही पहल अगाडि बढाउन अनुरोध गरिन्छ ।
                (स्वास्थ्य सेवा विभाग)


Nabintech