महिलालाई भन्दा पुरुषलाई किन कोरोनाको जोखिम बढी ?

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७७, सोमबार

अनिता कार्की,

कोरोना भाइरसले महिलाको तुलनामा पुरुषलाई बढी प्रभाव पार्ने हालैका विभिन्न अध्ययनहरुले देखाएका छन् । साथै यसबारे धेरै अनुसन्धानकर्ताहरुले तथ्यहरु पत्ता लगाउने क्रम जारी छ । महामारीको सुरुवातीमा अन्वेषकहरुले यसको कारण धुमपान हो कि भनेर अनुमान गरेका थिए जसका कारण पुरुषलाई स्वासप्रस्वास सम्वन्धि रोगको जोखिम हुने ठानियो । तर नयाँ अनुसन्धानहरुले स्पष्ट रुपमा यौन असमानताका तथ्यहरु उजागर गरेका छन्।

महिला र पुरुषबीचको जैविक भिन्नता तथा साँस्कृतिक मान्यतामा बाँधिएका नयाँ सिद्धान्तहरु प्रस्तुत गर्न मद्धत गरेको छ । यी सिद्धान्तले पुरुष महिलाको दाँजोमा बढी जोखिममा हुने कारणहरु प्रष्ट्याएका छन् ।
सबभन्दा पहिला चिनको वुहानमा जनवरी २० देखि ३० सम्मको तथ्यांकलाई हेर्दा महिलाको दाँजोमा संक्रमण पुरुषमा बढी देखियो भने तीमध्ये ७५ प्रतिशत मृत्यु पुरुषको नै भयो । त्यसपछि इटालीमा पुरुष र महिला संक्रमितको अनुपात ८० प्रतिशत र २० प्रतिशत पाइयो । कोरोनाभाइरस प्रतिक्रिया संयोजक डा।डेवोरा एल। ब्रिक्सका अनुसार अमेरिकाका १५ लाख मानिसमा गरिएको परीक्षणमा पुरुष संक्रमितको संख्या बढी देखियो जबकि त्यो परीक्षणमा महिलाहरुको सहभागिता धेरै थियो ।

सार्स र मर्स जस्तै कोरोनाले पनि पुरुषहरुलाई महिलाहरुको तुलनामा बढी प्रभाव पारेको छ ।

१४ वटा राज्य र लगभग १० प्रतिशत जनसंख्यामा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अध्ययन अनुसार अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढी पुरुष थिए । अमेरिकामा कोरोना संक्रमितको सबैभन्दा बढी मृत्यु भएको न्युयोर्क शहरमा ६० प्रतिशत मृत्यु पुरुषको भयो । मायो क्लिनिककी ईम्युनोलोजीकी सहयोगी प्रा।डा।विणा तनेजाका अनुसार सार्स र मर्स जस्तै कोरोनाले पनि पुरुषहरुलाई महिलाहरुको तुलनामा बढी प्रभाव पारेको छ ।

माथि उल्लेख भए अनुसार धुमपानलाई यसको कारणको रुपमा लिइयो । किनकी विश्वमा १।१ अरब मानिसले धुमपान गर्ने र पुरुषहरु सम्पति, सफलता, शक्तिसंग जोडिने कारण महिलाको तुलनामा बढी धुमपान गर्ने हुँदा त्यसको प्रत्यक्ष सम्बन्ध फोक्सो, मुट सम्वन्धि रोग, क्यान्सर र मृत्युसंग हुने हुन्छ ।

तर चिन, अमेरिका, इटाली लगायत देशहरुमा महिलाको तुलनामा पुरुषले बढी धुमपान गर्ने र कोरोना संक्रमितको संख्या पुरुषको बढी भएपनि स्पेन जस्ता देश, जहाँ महिला पुरुष बराबर जस्तै संख्यामा धुमपान गर्छन् त्यहाँ पुरुषमै बढी संक्रमण देखिनु र मृत्यु पनि पुरुषकै हुनुले कारण धुमपान मात्रै होइन भन्ने महशुस विशेषज्ञहरुले गरे ।

मदिरा सेवनको प्रतिकुल असर व्यक्तिको रोग प्रतिरक्षा प्रणालीमा पर्ने हुनाले निमोनिया, तीब्र स्वासप्रस्वास छिटो लाग्नुको साथै पुरुषहरुमा संक्रमणबाट ढिलो रिकभर हुने पनि देखियो ।

अब अन्वेषकहरु खानपान, मदिरा सेवनजस्ता जीवनशैलीले कोषीय स्तरदेखि सामाजिक, सांस्कृतिक मान्यताहरुको अध्ययनमा लागे जसले कोरोना संक्रमण पुरुषमा बढी पाइन्छ भन्ने कुरा प्रमाणित गर्न मद्धत गरेको छ । मदिरापानबारे अध्ययनले पुरुषहरुले महिलाको दाँजोमा नियमित र दुइगुणा बढी मदिरा सेवन गर्ने देखियो । मदिरा सेवनको प्रतिकुल असर व्यक्तिको रोग प्रतिरक्षा प्रणालीमा पर्ने हुनाले निमोनिया, तीब्र स्वासप्रस्वास छिटो लाग्नुको साथै पुरुषहरुमा संक्रमणबाट ढिलो रिकभर हुने पनि देखियो ।

चिनका २१ वटा अस्पतालहरुमा गरिएको अध्ययन अनुसार कोभिड १९ बाट मृत्यु हुनेहरुमा आधा निमोनिया र उच्च रक्तचापका बिरामीहरु थिए भने ३० प्रतिशत मधुमेहका बिरामीहरु थिए । पछिल्ला अध्ययनहरुले उच्चरक्तचाप, अनियन्त्रित मधुमेह र प्रतिरक्षा प्रणालीमा गहिरो सम्बन्ध रहेको देखाएको छ जसले गर्दा त्यस्ता बिरामीहरुमा कोभिड संक्रमणको जोखिम बढी हुने स्पष्ट भयो ।

पुरुष हार्मोनहरु प्रतिरोधी शक्तिलाई दबाउने खालका हुन्छन्

यी सबै अध्ययनभन्दा अलग डा। तनेजाको अध्ययन अनुसार पुरुष र महिलामा हुने रोगविरुद्ध प्रतिरक्षा प्रणालीमा ठुलो अन्तर देखियो । जसको कारणमध्ये एक हो सेक्स हर्मोन । महिला र पुरुषमा हुने सेक्स हर्मोनले रोग प्रतिरोधात्मक प्रणालीलाई बेग्लै किसिमले प्रभाव पार्छ । यस भिन्नताको कारण प्रतिरक्षा प्रणालीले पनि भिन्दै तरिकाले काम गर्ने देखियो । उनक अनुसार पुरुष हर्मोनहरु प्रतिरोधी शक्तिलाई दबाउने खालका हुन्छन् भने महिलाहरुमा हुने एस्टोजेन जस्ता हर्मोनहरुले उनीहरुमा उच्च प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्छन् र एन्टीबडीहरु बनाउँछन् जसले शरीमा भएको संक्रमण नष्ट गर्छन् । यसका साथै एस्टोजेनले आन्द्रामा हुने फाइदाजनक ब्याक्टेरियाको स्वरुप बदलिदिन्छ जसले संक्रमण बिरुद्ध लड्न अझ बढी सघाउँछन् ।

त्यस्तै माथि उल्लेख भए अनुसार प्रतिरोधी क्षमताको प्रतिक्रियालाई सेक्स क्रोमोजोमले ठुलो प्रभाव पार्छ । महिलाहरुमा ह्ह् अजचयmयकयmभ हुन्छन् भने पुरुषमा ह्थ् अजचयmयकयmभ हुन्छन् । ह् अजचयmयकयmभ ले रोग प्रतिरोधी प्रतिक्रियामा मदत पुर्याउँछ । महिलामा यो दुइवटा हुने हुँदा प्रतिरोधी प्रतिक्रिया दोब्बर हुने देखियो । सार्गेसफेयरका अभ्यासरत इन्टर्निस्ट प्रमुख अधिकारी जय भट्ट पनि यसमा सहमत छन् कि कोभिडको बिरुद्ध मात्र नभई अरु धेरै रोगसंग लड्न ह् अजचयmयकयmभ ले मद्धत गर्छ ।

त्यसैगरी वुहानमा कोभिड संक्रमणले गम्भीर स्वास्थ अवस्थाबाट निको भएका बिरामीहरुमा तुलना गर्दा महिलाहरुमा एन्टीबडी उच्च मात्रामा पाइयो, जसको सम्बन्ध प्रतिरक्षा प्रणालीसंग हुन्छ । अनुसन्धानकर्ताहरुको अनुसार हजारौं बर्षदेखि प्राकृतिक रुपमा नै यसरी महिलाहरुको शारीरिक विकास भएको देखिन्छ जसको सम्बन्ध सन्तान जन्माउनु र मानवजातिलाई जोगाउनुसंग छ साथै सामाजिक र साँस्कृतिक कारणहरुले पनि महिलाहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्धत गरेको हुन्छ ।

दक्षिण कोरिया, हङकङ र इटाली जस्तो देशहरुमा महिलाहरु बन्दले गर्दा घर बसे भने उनीहरुमा परीक्षण पनि बढी भयो । पुरुषहरुमा परीक्षण कम भएपनि पोजेटिभ बढी देखियो । यस्ता तथ्यहरुले पुरुषहरुलाई कोभिड संक्रमणको जोखिम बढी भएको देखिन्छ र खोप निर्माण गर्दा यस्ता कुराहरुलाई पनि ध्यान दिने गरेको देखिन्छ ।

  • ५ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech