प्रदेश पाँचमा भोलीदेखि समुदायस्तरमै कोरोना परीक्षण हुने

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७७, सोमबार

तस्विरः फाइल

बुटवल ०५, साउन ।
प्रदेश ५ सरकारले समुदाय स्तरमा कोरोना सक्रमण भए नभएको पत्ता लगाउन पिसिआर परीक्षण गर्ने भएको छ । देश ५ का ६ जिल्लाबाट भोली मंगलवारदेखि स्वाब संकलन सुरु गर्न लागिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिक जनसम्पर्क हुने स्थानमा रहने व्यक्तिको पिसिआर परीक्षण गरिनेछ ।

कोरोना महामारीको प्रभाव समुदायस्तरसम्म फैलिएको हो होइन् भन्नेबारे पत्ता लगाउन अधिक जनसम्पर्क हुने स्थानमा रहेका व्यक्तिबाट नमूना संकलन गरिने मन्त्री बरालको भनाइ छ ।

बर्दिया, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी पश्चिम, रूपन्देही, र दाङका १ हजार २ सय व्यक्तिको नमूना संकलन गर्ने प्रदेश सरकारको तयारी छ । नमूना संकलन बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र जनसमुदाय स्तरका व्यक्तिको गरिने छ । यसबाट समुदायस्तरमा जोखिमको स्तर जानकारी हुने मन्त्रालयको भनाइ छ ।

  • ५ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech