आज १८६ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७७, सोमबार

काठमाडौं ०५, साउन ।
नेपालमा सोमबार कोरोना भाइरसका १८६ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । ११ हजार ८ सय ६८ जना निको भएर डिस्चार्ज भएका छन् । सोमवार मात्र थप १७३ जना संक्रमित डिस्चार्ज भएका थिए । यस्तै कोरोनाबाट अहिलेसम्म ४० जनाले ज्‍यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार थपिएका संक्रमितहरुमा काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना छन्।

यस्तै सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना रहेका छन्।

  • ५ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech