जोखिम घटेकाले परीक्षणको दायरा घटेको होः स्वास्थ्य मन्त्रालय

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७७, आईतवार

काठमाडौं ०४, साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम तथा प्राथमिकताको आधारमा परीक्षण गर्नुपर्ने व्यक्ति कम भएको कारणले परीक्षण संख्या थोरै भएको प्रष्ट पारेको छ । पिसिआर परीक्षण संख्या र दायाराको विषयलाई लिएर भइरहेका भ्रामक प्रचार–प्रसार भएको प्रति मन्त्रालयको ध्यानकर्षण भएको प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

‘पिसिआर परीक्षण गर्न प्रयोगशाला विस्तार भइरहेको पनि उहाँको भनाइ छ। प्रदेश, स्थानीय तह तथा निजि क्षेत्रहरुबाट समेत तदारुपताको साथ काम गरिरहेको डा.गौतमले बताउनुभयो । तथ्य र प्रमाणको अतिरिक्त सामाजिक परीवेशलाई समेत मनन गरी समय–समयमा परीक्षण विषयमा निर्णय र निर्देशन परिमार्जन भएको उहाँले जानकारी दिनुभयो ।

पोजेटिभ हुनेहरुको प्रतिशत पनि निकै कम हुँदै गएको डा. गौतमको दावी छ । उहाँका अनुसार अझै नेपालमा कोरोनाको जोखिम कायम नै रहेको छ।

  • ४ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech