थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७७, आईतवार

काठमाडौं ०४, साउन ।
नेपालमा पछिल्लो २४ घण्टा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका १, सप्तरीका ३२, सिराहाका १, पर्साका ७, बाराका १, सर्लाहीका २५, काठमाडौँका १, ललितपुरका २, मोरङका १, रौतहटका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै मकवानपुरका १, कास्कीका ६, लमजुङका ६,बागलुङका १, म्याग्दीका ६, स्याङ्जाका २, पर्वतका १, रुपन्देहीका २, प्युठानका १, बाँकेका ५, वर्दियाका १०, दाङका ५, नवलपरासीका १०, सल्यानका १, डढेल्धुराका २ र कैलालीका २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताउनुभयो। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

  • ४ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech