नेपालगन्ज कारागारका थुनुवा र प्रहरीलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २ श्रावण २०७७, शुक्रबार

नेपालगन्ज ०२, साउन ।
नेपालगन्ज कारागारका एकजना थुनुवामा कोरोना भाइरस पुष्टि भएको छ । शरीरमा रगतको कमी देखिएपछि भेरी अस्पताल, नेपालगञ्जमा उपचार गर्न पुगेका नेपालगञ्ज कारागारका थुनुवासँगै गएका प्रहरीमा पनि कोरोना पुष्टि भएको छ। नेपालगञ्ज–६ का २८ वर्षीय युवा र कारागार सुरक्षार्थ रहेका एकजना प्रहरीमा कोरोना पुष्टि भएको कारागारका जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

बिरामी भएपछि थुनुवालाई भेरी अस्पताल, नेपालगञ्ज लगिएको थियो। दुई रात उनलाई त्यही राखियो । अस्पतालले उनलाई आइसोलेसन वार्डमा राखेको थियो। थुनुवा चोरी मुद्दाका हुन्।जेलर श्रेष्ठले दुई रातको उपचार पछि थुनुवालाई कारागारमा ल्याइएको जानकारी दिनुभयो । कारागार ल्याएपछि उनलाई छुट्टै ठाउँमा राखेर पीसीआर जाँच गरिएको थियो।

कारागार बाहिर गएर आएकाले कोरोनाको आशंका गरेर छुट्टै ठाउँमा राखिएको जेलर श्रेष्ठले बताउनुभयो । थुनुवा र प्रहरीको रिपोर्ट पोजिटिभ आएपछि अहिले उनीहरुलाई आइसोलेसन सेन्टरमा पठाइएको छ ।नेपालगञ्ज कारागार प्रशासनले कोरोनाको त्राससँगै कारागारमा भेटघाट रोकेको छ । नेपालगञ्ज कारागारमा अहिले ७ सय ७७ जना थुनुवा छन्।

  • २ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech