थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७७, बिहीबार

काठमाडौं ०१, साउन ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् ।पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४र१४ जना, बाँके र डडेलधुराका ८र८ जना, इलाम र दैलेखका ६र६ जनामा संक्रमण पुष्टि भएको छ ।

झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एक/एकको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ९ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७८, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९२, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

  • १ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech