सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७७, बिहीबार

कैलाली ०१, साउन ।
सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पुगेको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराकै ८ जनामा संक्रमण पुष्टि भएको छ। आजै सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा ८ पुरुष र ६ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको हो।सेतीमा कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ का एक महिलामा कोरोना पुष्टि भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ९ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७८, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९२, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

  • १ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech