नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ असार २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं ३१, असार ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उनी दाइको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए।

उनका दाइको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। उनी भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा रहेकै अवस्थामा स्वस्थ्यमा समस्या आएको थियो।

असार २९ गते स्वास प्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन नमुना संकलन गरी हेटौंडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो। आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो।

यस्तै बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ। जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

  • ३१ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech