बाँकेका आज थप ६ जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ३१ असार २०७७, बुधबार

नेपालगन्ज ३१, असार ।
बाँकेमा बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगन्जमा गरीएको पीसीआर परीक्षणमा नेपालगन्ज १ र खजुराका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज–२१ का २५ वर्षीय पुरुष, खजुरा–८ का ३९ वर्षीया महिला, ४० वर्षीय पुरुष र ५२ वर्षीय पुरुष, खजुरा–२ का ३२ वर्षीय पुरुष र खजुरा–३ का ३१ वर्षीय पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबै जना क्वारेन्टाइनमा बसेका छन्। बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ८१ जना पुगेको छ। यसमा निको हुन बाँकी १८ जना रहेका छन् ।

दुई जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना संक्रमित कम देखिएपनि देखिन भने छोडेको छैन । भेरी अस्पताल, नेपालगञ्जले ‘पुलिङ’ सिस्टममा परीक्षण गरिरहेको छ। ‘पुलिङ’ सिस्टममा परीक्षण गर्दा एउटा भाडोमा पाँच वटासम्म स्वाव राखिन्छ । त्यसमध्येमा एकमा पोजिटिभ देखिएमा फेरि एक एक गरेर परीक्षण गरिन्छ । दिनमा सय वटाको जाँच गरिन्थ्यो भने ‘पुलिङ’ सिस्टमले गर्दा पाँच वटाको जाँच हुने गरेको छ ।

  • ३१ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech