ग्रान्डी र ह्याम्सले स्वीकृति नलिई कोरोना परीक्षण गरेको आरोप, छानबिन गर्न समिति गठन

    • स्वास्थ्य पेज

  • ३० असार २०७७, मंगलवार

काठमाडौं ३०, असार ।
काठमाडौंका निजी अस्पतालले स्वीकृति बिना नै कोरोना भाइरसको परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्न समिति बनाएको छ ।
ग्राण्डी र  ह्याम्स अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन समिति बनाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

आइतबार मात्रै दुइटा निजी स्टार अस्पताल र काठमाडौँ मेडिकल कलेजले आफैँ स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए। अनुमति पाएका अस्पतालका लागि सरकारले ५ हजार ५ सय शुल्क तोकेको छ।

  • ३० असार २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech