काठमाडौं ३०, असार ।
काठमाडौंका निजी अस्पतालले स्वीकृति बिना नै कोरोना भाइरसको परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्न समिति बनाएको छ ।
ग्राण्डी र ह्याम्स अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन समिति बनाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।
आइतबार मात्रै दुइटा निजी स्टार अस्पताल र काठमाडौँ मेडिकल कलेजले आफैँ स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए। अनुमति पाएका अस्पतालका लागि सरकारले ५ हजार ५ सय शुल्क तोकेको छ।