कर्णालीका सांसदलाई कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • ३० असार २०७७, मंगलवार

सुर्खेत ३०, असार ।
कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा प्रदेश सभाका ति सांसदलाई कोरोना संक्रमण देखिएको हो।

कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले सभाका एक जना सांसदमा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको छ । कोरोना संक्रमण देखिएपछि ति सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’को काम अघि बढाइएको छ। र, धमाधम नमूना संकलन सुरु गरिएको छ ।

पछिल्लो २४ घण्टा २७ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ सय ९० पुगेको छ। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णालीमा हाल संक्रमितको संख्या स्थिर रहेको बताउनुभयो ।

  • ३० असार २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech