कोरोना परीक्षणका लागि सरकारले दियो ६ निजी प्रयोगशालालाई अनुमति

    • स्वास्थ्य पेज

  • २९ असार २०७७, सोमबार

तस्विरः फाइल

काठमाडौं २९, असार ।

नेपालका ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका नेपालगन्जको १ बुटवलको १ र काठमाडौंका ४ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशाला, बुटवलमा रहेको नेशनल प्याथ ल्यावले पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।यस्तै काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रवक्ता राजेशक्मार गुप्ताले जानकारी दिनुभयो ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।

  • २९ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech