भेरीमा गरिएको परीक्षणमा थप चारमा कोरोना भाइरस

    • स्वास्थ्य पेज

  • २९ असार २०७७, सोमबार

तस्विर : फाइल

नेपालगन्ज २९, असार ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको पीसीआर परीक्षणमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका २ र दाङका २ जना गरी ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

योसँगै भेरी अस्पतालमा गरीएको पीसीआर परीक्षणमा ६ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पातलले अहिलेसम्म १५ हजार ५ सय ३२ नमूना मध्ये १५ हजार ४ सय नमूना परीक्षण सम्पन्न भएको छ ।

पछिल्लो ४८ घण्टामा ८ सय नमूना परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

  • २९ असार २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech