एकैदिन आज १ सय ४७ जनाले कोरोना जिते

    • स्वास्थ्य पेज

  • २८ असार २०७७, आईतवार

काठमाडौं २८, असार ।
आइतबार देशभर १ सय ४७ जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

यो सँगै नेपालमा ८ हजार ५ सय ८९ जना कोरोना संक्रमणबाट निको भएका छन् । अहिले सम्मको तथ्यांकलाई हेर्दा कुल संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमित निको भएका हुन्। देशभर ८ हजार १७४ संक्रमित आइसोलेसन कक्षमा उपचाररत रहेका मन्त्रालय जनाएको छ।

आइतबार पुष्टि भएका सँगै देशभर १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ। हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ।

  • २८ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech