कर्णालीमा २१ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २८ असार २०७७, आईतवार

सुर्खेत २८, असार ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पता, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र पश्चिम रुकुमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका ४ महिलासहित ११ जना, कालीकोटको महाबै गाउँपालिका, खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिका २ महिलासहित ७ जना रहेका छन् ।

यस्तै रुकुम पश्चिमको जौरजहारीका दुईजना पुरुष र दैलेखको आठबीस नगरपालिकाकी एक महिला रहेकी छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १६१६ पुगेको छ ।

यस्तै, कर्णालीमा आइतबार मात्रै विभिन्न आइसोलेसनबाट गरी ४३ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १४०८ पुगेको छ । २०२ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

  • २८ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech