गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २८ असार २०७७, आईतवार

पोखरा २८, असार ।
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् । त्यस्तै, पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका २ जना पुरुषमा कारोना पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । स्याङजा २ र लमजुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आधाभन्दा धेरै डिस्चार्ज

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आइतबारसम्म ११९२ पुगेको छ । तर आधाभन्दा धेरै अर्थात ७३६ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ ।

  • २८ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech