अन्ततः ट्रम्पले पनि लगाए मास्क

    • स्वास्थ्य पेज

  • २८ असार २०७७, आईतवार

काठमाडौं २८, असार ।

अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाउनु भएको छ ।

शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्। जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले वेवास्ता गर्दै आउनुभएको थियो ।

यतिसम्मकी ट्रम्पले यसअघि सार्वजनिक रुपमा अरुले देख्ने गरी, विशेष गरी पत्रकारहरुले देख्ने गरी मास्क नलगाउने बताउनुभएको थियो । तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उहाँले मास्क लगाउनु राम्रो कुरा भएको बताउनुभएको छ ।

  • २८ असार २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech