मुटुलाई स्वस्थ राख्ने तीन योगासन

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

फेरिदो जीवनशैलीले मानिसको खानपानमा अनियमितताले  मानव स्वास्थ्यमा थुप्रै खाले समस्या हुने गर्छन्। मानिसको मुटुमा पनि थुप्रै असर गरिरहेको हुन्छ। त्यसैले केही महत्वपूर्ण योगआसन गरेर मुटुको समस्या समाधान गर्न सकिन्छ।  त्यसैले यी तीन योगा गर्नुहोस् ।

शवासन

शवासन मुटुका लागि निकै राम्रो मानिन्छ। यो योगासन गर्दा जमिनमा चटाइ बिछ्याएर पिठीको बलमा पल्टिने। र, त्यसपछि दुबै खुट्टालाई फैलाएर खुट्टाको बिचमा अन्तर ल्याउने। यस दौरान खुट्टाको पन्जा बाहिरतर्फ र कुरकुच्चा भित्र तिर हुनुपर्छ। त्यसपछि दुबै हातलाई शरीरबाट एक फिट टाढा लैजाने। हातका औला आकासतर्फ लैजाने। र घाटिलाई सिधा राख्ने। त्यसपछि विस्तारै आँखालाई बन्द गर्ने र स्वास प्रस्वासमा ध्यान दिँदै एक चित्त भएर गन्दै जाने। एक पटक स्वास फेर्दा एक भन्दै सय पटकसम्म गन्ने। यो आसन गर्दा शरीरालई पुरै लुलो रुपमा छोड्नु पर्छ। शवासनको अर्थ भनेकै शव जस्तो हुनु हो।

त्रिकोणासन

मुटु स्वस्थ राख्नका लागि त्रिकोणासन निकै महत्वपूर्ण मानिन्छ। यो आसन गर्दा तौल पनि घट्न पुग्छ।मोटा मानिसका लागि यो आसन निकै महत्वपूर्ण मानिन्छ। त्रिकोणासन गर्दा श्वास फैलिँदै छातिको गहिराइमा पुग्दै लयबद्ध हुन्छ। यो आसन गर्नका लागि सबैभन्दा पहिला आफ्ना खुट्टाका पाउलाई चौडा गरेर सिघा उभिनुपर्छ। त्यसपछि आफ्नो मेरुदण्डको हड्डिलाई मोडेर आफ्नो हातको मुनी पार्नुपर्छ। त्यसपछि आफ्नो दाहिने हातलाई माथि लैजानुपर्छ। त्यपछि आफ्नो दाहिने हातको औलातर्फ हेर्नुपर्छ। १५र२० सेकेन्डसम्म यो विधिलाई गर्नुपर्छ।

पवनमुक्तासन

पवनमुक्तासन एक निकै सहज आसन हो। यस आसनका लागि सबैभन्दा पहिला जमिनमा पिठ्ठिउको भरमा सुत्ने। र, शरीरलाई सिधा गर्ने। त्यसपछि गहिरो स्वास लिने र स्वास छोड्ने।त्यसपछि आफ्नो दाँया घुडालाई छाति नजिक लैजाने र घुडालाई हातले समात्ने। र, छातिलाई जमिनबाट माथि उठाउने। अनी आफ्नो घुडोलाई समातेर पेटमा दबाउने। त्यसपछि दोस्रो पटक स्वास लिने र छातिलाई जमिनबाट माथि उठाउने।त्यसपछि आफ्नो दाँया घुडोले चिउडो छुने। यो आसन गर्दा स्वास छोड्ने समयमा घुडोलाई बलियोसँग समातेको हुनुपर्छ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech