सिंहआसनः के छ त लाभ ?

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

सिंह आसनको अर्थ सिंहको जस्तो मुद्रा बनाउनु हो । यो आसन गर्नका लागि खुट्टालाई घुँडामा मोडेर अगाडि टेक्ने । त्यसपछि कुरकुच्चामा बसेर अगाडि झुक्ने र दुवै हातलाई दुवै घुँडाहरुको बीचमा भुइंंमा टेकाउने । त्यसपछि सिंह झैं गर्जिने । यो क्रिया केहि पटकसम्म दोहो¥याउनुपर्छ ।

के छ त लाभ ?

–यो आसनले मेरुदण्ड बलियो बनाउँछ ।

–टन्सिल जस्ता समस्या ठिक गर्छ ।

–थाइराइड ग्रन्थीमा लाभ मिल्छ । मलद्वार सम्बन्धी समस्यामा पनि यो लाभदायक मानिन्छ ।

–यो आसनले आँखा, नाक, कान, जिब्रोलाई चुस्त र दुरुस्त राख्न सहयोग गर्छ ।

–सौन्दर्यका लागि पनि यो सिंहआसन उपयोगी हुन्छ ।

अनुहारको चाउरी हट्छ

बढ्दो उमेरका कारण मानिसको अनुहारमा चाउरीपन देखिन थाल्छ । यदि तपाईं आफ्नो अनुहार चाँडै चाउरी नपरोस भन्ने चाहनुहुन्छ भने नियमित सिंह आसन गर्नुस । यसले अनुहारलाई भरर्भराउँदो बनाइराख्न मद्दत गर्छ ।

थाइराइडमा आराम मिल्छ

यदि तपाईंलाई थाइराइडको समस्या छ भने सिंह आसन गर्नैपर्छ । यसले थाइराइडमा आराम मिल्छ । यसका साथै तपाईंको गुद्वार सम्वन्धि समस्या पनि निमिट्यान्न बनाउँछ ।

अंगहरुले सही काम गर्छन्

सिंह आसनले शरीरका महत्वपूर्ण अंगहरुलाई सक्रिय बनाउँछ । आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, कलेजो, आदि सफा भएर आफ्नो काम ठिक ढंगले गर्न थाल्छन् ।

आँखा र कान शसक्त हुन्छन्

सिंह आसन नियमित गर्दा आँखा र कान दुवैलाई फाइदा मिल्छ । यसबाट आँखा, नाक, कान, जिभ्रो आदि पुष्ट हुन्छन् तथा जिभ्रो तालु र दाँत शशक्त हुन्छन् ।

घाँटीका समस्याबाट आराम

तपाईंलाई घाँटीका तमाम समस्याहरुबाट राहत दिन्छ सिंह आसनले । घाँटीको दुखाई, सुन्निने आदि समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

आँखाको ज्योति बढ्छ

सिंह आसन यस्तो आसन हो जुन नियमित गर्दा आँखाको दृष्टि बढ्छ । यसले भित्रको शक्ति पनि मजबुत बनाउँछ ।

भकभकाउने समस्या समाधान हुन्छ

केही मानिसहरु सानैदेखि भकभकाउने समस्या झेलिरहेका हुन्छन् । कसैको यो समस्या ठूलो भएपछि आफैं समाधान हुन्छ भने कसैको हुँदैन । भक्भकाउने समस्या भएकाहरुका लागि यो आसन अत्यन्त प्रभावकारी छ । नियमित रुपमा सिंह आसन गर्दा भक्भकाउने समस्या आफैं हट्छ ।

टन्सिल निको हुन्छ

घाँटीमा टन्सिल भयो भने जोसुकैलाई गाह्रो हुन्छ । यसमा दुखाई पनि धेरै हुन्छ । यसबाट बच्नका लागि सिंह आसन गर्नु आवश्यक छ । यो आसन नियमित गर्दा टन्सिलको समस्याबाट छुट्कारा मिल्छ ।

चिन्ता हट्छ

यदि तपाईंलाई सानोतिनो कुरासँग पनि डर लाग्छ वा कुनै कुरामा सामान्यभन्दा बढि चिन्तित बन्नुहुन्छ भने सिंह आसन तपाईंकै लागि हो । यसले मनबाट डर र चिन्ता हट्छ ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech