यी चार फलफूल खाली पेट खानु हुदैन

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर कतिपय फलफूल यस्ता हुन्छन्, जसलाई खाली पेटमा खानु उचित हुँदैन । त्यसैगरी यस्ता थुप्रै खानेकुरा हुन्छन्, जसलाई खाली पेटमा सेवन गर्दा त्यो हानिकारक हुन्छ ।

१ आँप

अहिले आँपको सिजन छ । मौसमी फलफूल स्वास्थ्यका लागि राम्रो मानिन्छ । आँपलाई फलको राजासमेत भनिन्छ । यो स्वादिलो मात्र होइन, उत्तिकै पोषिलो फल पनि हो । त्यसो त आँपको पात, बोक्रा सबै औषधीय गुणले भरिपूर्ण मानिन्छ । आफैँ आफैँमा गुणी फल हो । तर आँप खाली पेटमा खानु उचित हुँदैन ।

२ केरा

केरा सदावहार फल हो । आइरन तथा पोटासियमले भरपूर केरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले शरीरमा आइरनको कमी हुन पाउँदैन । तर खाली पेटमा केराको सेवनले भने स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । खासगरी, माइग्रेन तथा एसिडिटीको समस्या भएकाहरूले त झन् खाली पेटमा केरा खानै नहुने उनीहरू बताउँछन् । भन्छन्, खाली पेटमा केरा खाएमा एसिडिटी बढ्ने गर्छ ।

३ लिची

स्वादिलो र पौष्टिकताले भरिपूर्ण फल हो लिची । लिचीमा पर्याप्त खनिज तत्व पाइन्छ । यसको प्रमुख पोषक तत्व भने कार्बोहाइड्रेट हो । कलेजो र कमलपित्तजस्ता रोगीका लागि लिची फलको सेवन लाभदायक हुन्छ । पाचन प्रणालीको विकार हटाउन समेत यसले मद्दत गर्छ । यति गुणी फल भए पनि यसलाई खाली पेटमा खानु हानिकारक हुन्छ । खाली पेटमा यसको सेवन गरेकै कारण बालबालिकाको मृत्यु भएको खबर पनि वर्षेनी आउने गर्छ ।

४ गोलभेडा

गोलभेडा भान्साको लागि अनिवार्य मानिन्छ । चाहे अचार खान होस् वा दाल–तरकारीमा राख्न, गोलभेडा चाहिन्छ । त्यसो त सलादको रूपमा काँचो खान पनि गोलभेडा उपयुक्त हुन्छ । गोलभेडामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले क्यान्सर तथा मुटु रोगको जोखिम कम गर्नुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा भिटामिन सी, भिटामिन के , पोटासियम तथा फोलेट पनि पर्याप्त मात्रामा पाइन्छ । तथापि, खाली पेट तथा गलत समयमा टमाटरको सेवनले एसिडिटी हुनुका साथै पत्थरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिम हुन्छ ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech