बाँकेमा ३ सय ५० जना निको भएर घर फर्किए

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

नेपालगन्ज २७, असार ।
बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ५० पुगेको छ । अब २० जना मात्र आइसोलेसनमा छन् । शनिवार थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका हुन् ।

आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षीय पुरुष र आइसोलेसन केन्द्र पिपिरी कोहलपुरबाट कोहलपुर नगरपालिका ८ का ३५ वर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा ३ सय ७२ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech