आइसोलेसन कक्षमै संक्रमित महिला सुत्केरी

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

अछाम २७, असार ।
अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसन कक्षमै शिशु जन्माएकी छन् । मेल्लेख गाउँपालिका ४ कुष्कोट निवासी २५ वर्षीया महिलाले उपचारको क्रममा जिल्ला अस्पतालको आइसोलेसनमा शिशुलाई जन्म दिनुभएको हो ।

सुत्केरी भएकी ती महिलाका श्रीमान् समेत संक्रमित भएर उपचारका क्रममा सोही अस्पतालको आइसोलेसन कक्षमा उपचारत छन्। सामान्य तरिकाबाट बच्चालाई जन्म दिएकी महिला र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थय कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताउनुभयो ।

कोरोना संक्रमित पति पत्नीको असार ४ गतेबाट अछाम अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । भारतबाट आएका दुवै श्रीमान श्रीमती वडाकै क्वारेन्टाइनमा बसेपछि थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech