कोरोनाबाट थप तीनको मृत्यु, मृतक संख्या ३८ पुग्यो

    • स्वास्थ्य पेज

  • २७ असार २०७७, शनिबार

काठमाडौं २७, असार ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मिर्गौलाको समेत समेत समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । १७ गते कोरोना पुष्टि भएका उनको २६ गते उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै पाटन अस्पतालमै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी क्षयरोगको उपचारका लागि असार १८ गते अस्पताल भर्ना भएकोमा असार २२ गते कोरोना पुष्टि भएको थियो ।

उनको असार २५ गते मृत्यु भएको हो । यस्तै काठमाडौँ गोकर्णेश्वर नगरपालिका –४ घर भएका ५४ वर्षका एक पुरुषको पनि कोरोना संक्रमणका कारण असार २५ गते उपचारको क्रममा मृत्यु भएको गौतमले बताउनुभयो । उनी मिर्गौला रोगका बिरामी समेत रहेको बताइएको छ ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech