सम्बन्धनसम्बन्धी बिएण्डसीका संञ्चालकको रिटमा लिखित जवाफ माग

    • स्वास्थ्य पेज

  • २६ असार २०७७, शुक्रबार

काठमाडौं २६, असार ।
चिकित्साशिक्षा ऐनअनुसार तत्काल सम्बन्धन पाउनुपर्ने भन्दै अन्तरिम आदेशको माग गर्दै बि एण्ड सी मेडिकल कलेजका सञ्चालकले दायर गरेको रिटमा सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । अदालतले मागदावीअनुसार तत्काल सम्बन्धन दिन किन नपर्ने हो भन्ने सन्दर्भमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न चिकित्सा शिक्षा आयोगसहितका विपक्षीको नाममा आदेश जारी गरेको हो। कलेजका तर्फबाट संचालक दुर्गाप्रसाद प्रसाई दर्ता गरेको रिटको सुनुवाई गर्दै प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले ‘यसमा के कसो भएको हो र निवेदकको मागबमोजिमको आदेश किन जारी हुननपर्ने हो, जवाफसहित उपस्थित हुनु’ भनिएको छ ।
आदेशमा कानून बमोजिम आधार र कारण भए यसैसाथ राखि आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र आफै वा आफ्ना प्रनितिधिमार्फत् जवाफ पेश गर्न भनिएको छ ।

अदालतले मुद्दालाई तत्काल निर्णय हुनुपर्ने प्रकृतिको भन्दै अग्राधिकारमा दिएको छ । आदेशमा भनिएको छ– ‘प्रस्तुत निवेदनको विषयमा सार्वजनिक महत्वको भई चाँडै निर्णय हुनुपर्ने प्रकृतिको भएकोले सवोच्च अदालतको नियमावली, २०७४को नियम ७३ वमोजिम अग्राधिकार प्रधान गरिएको छ ।’

  • २६ असार २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech