कर्णालीमा २७ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २६ असार २०७७, शुक्रबार

सुर्खेत २६, असार ।
कर्णाली प्रदेशमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्ये सुर्खेतका ११ जना, सल्यानका दश जना, जाजरकोटका र दैलेखका दुइ दुई जना र डोल्पा र बाजुराका एकएक जना रहेका छन्। प्रदेश प्रयोगशाला र पशुपन्छी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, ६, ७, १०, ११ मा गरि एघार जना, डोल्पाको मुड्केजुला गाउँपालिका वडा नं। ६ मा एक जना, र सल्यानको कुमाख गाउँपालिका वडा नं। २ का एक जना संक्रमण पुष्टि गरेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाले सल्यानको कुमाल गाउँपालिकाका नौ जना र जाजरकोटको शिवालय गाउँपालिका वडा नं.२ र वडा नंं. ४ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा वीरेन्द्रनगर गरपालिका वडा नं. १, ५, ८, ९ र १३ का एक÷एक जना र वडा नं। ४ का दुइ जना, दैलेखको नारायण नगरपालिका वडा नं १, वडा नं। ६ र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं। १ का एक÷एक जनामा पनि संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ८८ जना पुगेको कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै शुक्रबार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट एक जना गरी कुल २६ जना डिस्चार्ज भएका छन्।हालसम्म एकहजार तीनसय ४७ जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। अब कर्णालीमा दुइ सय ३६ जना विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

  • २६ असार २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech