लिपिस्टिक कसरी लगाउने ?

    • स्वास्थ्य पेज

  • २४ असार २०७७, बुधबार

सामन्यतया: हरेक महिलाहरुले दैनिक रुपमा शुन्दर र आर्कषक देखिनको लागि सवै स्तरका लिपिस्टिक प्रयोग गरिरहेका हुन्छन् । जुन श्रृङगारको सामाग्री मध्ये एक हो । हामीले कुनै पनि चिज सहि तरिकाले प्रयोग भएन वा राम्रोसँग गरेन भने आकर्षक देखिदैन । अझ भनौ विवाह, पार्टि वा कूनै विषेश सार्वजनिक कार्यक्रमहरुमा जाँदा महिलाहरुले लिपिस्टि लगाउदा ध्यान दिन जरुरी हुन्छ ।

सबैभन्दा पहिले लिपिस्टिक लगाउँदा ओठ सुख्खा वा फोटेका छन्, छैनन् भन्नेमा ध्यान दिनुपर्छ। नत्र फुटेका ओठमा भित्रसम्म लिपिस्टिक गएर ओठको सुन्दरता नै विग्रीन सक्छ। त्यसैले यस्तो अवस्थामा ओठमा लिप बाम वा ग्लिसरीनलगायर मात्र लिपिस्टिक लगाउनुपर्छ। यस्तो गर्दा फाटेका ओठमा पनि लिपिस्टिक सुन्दर देखिन्छ।

लिपिस्टिक लगाउनुभन्दा पहिले ओठमा लिप पेन्सिलले आउटलाइन वा शेडलाइन बनाउनुपर्छ। यसले ओठको आकारलाई क्लियर गरिदिन्छ। र, यस्तो गर्दा लिपिस्टिक थप आकर्षक देखिन पुग्छ।

लिपिस्टिक लगाउँदा एकै कोट लगाउनु हुँदैन। यस्तो गर्दा लिपिस्टिकको रंग चाडै फिक्का बन्न पुग्छ। त्यसैले लिपिस्टिक लगाउँदा दुईरतीन कोट लगाउनुपर्छ। अर्को कुरा लिपिस्टिक लगाउँदा मेरो अनुहार र पहिरनको कलरसँग कुन कलरको लिपिस्टिक मेल खान्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

लिपिस्टिकको एक कोट लगाएर हल्का पाउडर लगाउनुस्। यस्तो गर्दा लिपिस्टिक पुरै सेट हुन पुग्छ। यस्तो अवस्थामा लिपिस्टिकको कलर फिक्का भयो भने एक कोट अरु लगाएर गाढा बनाउन सकिन्छ। यसले गर्दा लिपिस्टिकको कलर धेरै बेरसम्म गाडा भइराख्छ।

  • २४ असार २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech